एजेन्सी । चिनले वुहानमा गरेको कोरोना भाइरसको सम्भावित खोप परीक्षणमा सफलता मिलेको दावी गरेको छ ।
उक्त खोप चीनको औषधि निर्माता कम्पनी क्यानसिनो बायोलोजिक्सले निर्माण गरेको साउथ चाइना मर्निङ पोष्टले जनाएको छ।
कोभिड–१९ को उत्पत्तिस्थल वुहानमा गरिएको उक्त पहिलो परीक्षणमा भाग लिएका १४ जना स्वयमसेवक फिर्ता भएका हुन् यद्यपि उनीहरुलाई अरु ६ महिना निगरानीमा राखिने बताइएको छ ।
उक्त अवधिमा उनीहरुको रगतको नमूना लिएर एन्टीबडिजई सुष्म अनुसन्धान गरिनेछ।
खोप लगाएपछि १४ दिने क्वारेन्टाइनको बसाईंमा उनीहरु सबै स्वस्थ रहेको जनाइएको छ ।
Comment