नेपालमा कोभिड–१९ दोस्रो चरणमा प्रवेश,विश्वभर ज्यान गुमाउनेको संख्या ६४ हजार ६७८जना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । विश्वका २०६ देशमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस नेपालमा दोस्रो चरणमा प्रवेश गरीसकेको छ । 

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता विकास देवकोटाले नेपालमा स्थानीयमा संक्रमण फेला परेको हुदाँ अब यो संक्रमण दोश्रो चरणमा प्रवेश गरेको बताएका हुन् ।

देवकोटाका अनुसार हालसम्म विदेशबाट फर्किएका नेपालीमा मात्रै संक्रमण भेटिएकोमा आज मात्रै नेपालमै बसेका अर्थात् कुनै ट्राभल हिस्ट्री नभएको ३४ वर्षिया महिलामा कोरोना भाइरसको संक्रमण देखिएको हो। 

उनले नेपालमा कोरोनाको संक्रमणको संख्या ९ पुगेको जानकारी दिए । जसमा एक जना निको भएर घर फर्किसकेका छन् भने ८ जना उपचाररत छन् ।

विश्वभर महामारीमा रुपमा फैलिएको कोभिड–१९ (कोरोना भाइरस)को संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६४ हजार ६७८ पुगेको छ ।

विश्वका २०६ देशमा फैलिएको यो संक्रमणबाट बितेको २४ घण्टामा ५ हजार ५०४ जनाले ज्यान गुमाएका छन् ।

यो भाइरस संक्रमितको संख्या १२ लाख १ हजार ४७३ पुगेको छ । २४ घण्टाको अवधिमा ८४ हजार ८१२ नयाँ संक्रमित थपिएका छन् ।

संक्रमितमध्ये २ लाख ४६ हजार ३८३ जना उपचारगरि घर फर्किएका छन् । अहिले ८ लाख ९० हजार ४१२ मा भाइरसको संक्रमण छ । उनीहरु विभिन्न अस्पताल तथा आइसोलेनमा उपचाररत छन् ।

उपचारमा रहेकामध्ये ४२ हजार २८८ को अवस्था गम्भीर छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।