कोरोनाभाइरस उपचार कोषमा नेपाल आयल निगमद्वारा रु ५० करोड सहयोग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कोरोनाभाइरस महामारीको रोकथाम तथा औषधोपचारमा सहयोग पुर्याउन सरकारले स्थापना गरेको कोषमा नेपाल आयल निगमले  रु ५० करोड सहयोग गरेको छ । निगम सञ्चालक समितिको बुधबार बसेको बैठकले उक्त सहयोग गर्ने निर्णय गरेको हो । 

सो रकम बराबरको चेक आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई हस्तान्तरण गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । कोरोना भाइरसको सङ्क्रमण रोकथाम, नियन्त्रण र उपचारको तयारीका लागि सरकारले कोषको स्थापना गरेको थियो । 

कोषमा विभिन्न व्यक्ति तथा संस्थाले आर्थिक सहयोग गरेका छन् । निगमले राष्ट्रिय आवश्यकता, प्राकृतिक विपत्ति, भूकम्प तथा बाढी पहिरोजस्ता प्रकोपका समयमा संस्थागत सामाजिक उत्तरदायित्व बोध गरी राहत तथा सहयोग गर्दै आएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।