स्वास्थ्य उपकरण खरिद सम्झौता रद्ध, अर्को टेण्डर आव्हान गरिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले विवादास्पद स्वास्थ्य उपकरण खरिद सम्झौता रद्ध गरेको छ  ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले सम्झौता अनुसार आपूर्तिकर्ताले ल्याउन नसकेको र विवादित भएको भन्दै खरिद सम्झौता रद्ध गरेको जानाकारी दिए ।  

उनले नेपाललाई चाहिने स्वास्थ्य सामग्रीको सूचीसहितको सूचना भोलि जारी गर्ने र तीन दिनभित्रमा जोसुकैले पनि निवेदन दिन सक्ने बताए ।

फागुन  ३० मा टेन्डर आह्वान गरेर खरिदका लागि भनिएपनि कसैले टेन्डर नभरेपछि उच्चस्तरीय समितिको निर्णय अनुसार फास्ट ट्रयाकबाट खरिद प्रक्रिया अघि बढाउने क्रममा ओम्नी सहितका १५ वटा कम्पनीले टेन्डर मिट गरेको जानकारी दिँदै उनले ओम्नीले पनि समयमा सामान नदिएपछि ओम्नीसँगको खरिद प्रक्रिया रद्द गरिएको बताए । 

आपूर्तिको जिम्मा पाएको सो कम्पनीले पहिलो किस्ता अनुसार सोमबार पनि पूरा सामान ल्याउन नसकेको र बिहीवार आउन पर्ने दोश्रो लटपनि ल्याउन नसक्ने देखेपछि रद्द गरिएको उनको दावी छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।