उपत्यकाका १३ स्थानबाट खाद्य सामग्री बिक्री गर्दै साल्ट ट्रेडिङ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। साल्ट ट्रेडिङ कर्पोरेसनले काठमाडौं उपत्यकाका १३ स्थानबाट खाद्य सामग्री बिक्री गर्ने भएको छ।

लकडाउनको समयमा उपभोक्ताहरूले दैनिक उपभोग्य सामान सहज रूपमा पाउन नसकिरहेको बेलामा साल्ट ट्रेडिङले मोबाइल भ्यानामार्फत् टोल टोलमा खाद्यान्न बिक्री गर्न लागेको साल्ट ट्रेडिङ कर्पोरेसनले जानकारी दिएको छ ।

कर्पोरेसनले मोबाइल भ्यानमार्फत नुन, चामल, चिनी, मैदा र आटा बिक्री गर्ने बताइन् । बुधबार राजधानीको सामाखुसी चोक, गोंगबु, टोखा, झोर, नयाँ बजार, बालाजु, चक्रपथ, कुपन्डोल, सानेपा, सिनामंगल, पाटनलगायत क्षेत्रमा भ्यान पुग्ने बताइएको छ ।

त्यस्तै, बालाजु, रिंगरोड, कुपण्डोल, सानेपा, गसिंगाल र पाटनबाट पनि बिक्रीको व्यवस्था मिलाइएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले संयुक्त रूपमा बिक्री गर्ने खाद्यान्‍नमा सरकारको निर्णयबमोजिम १० प्रतिशत छुट दिइनेछ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।