घर भाडामा बस्नेको एक महिनाको घरभाडा मिनाहा गर्न सरकारको आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले देशभर घरभाडामा बस्नेहरुको एक महिनाको घरभाडा मिनाहा गर्न आग्रह गर्ने निर्णय गरेको छ।

आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरसका कारण मुलुक लकडाउनको अवस्थामा रहेकाले सबै घरधनीले एक महिनाको भाडा नलिन आग्रह गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा। युवराज खतिवडाले जानकारी दिए।

सरकारले एक महिना घरभाडा मिनाहा गरेबापत उक्त महिनाको घरबहाल कर पनि मिनाहा गर्ने निर्णय गरेको मन्त्री खतिवडाले बताए।

त्यस्तै असंगठित क्षेत्रका दैनिक ज्यालादारीलाई स्थानीय तहले राहत दिने परिवारको लगत तयार गर्ने र स्थानीय तहले दैनिक खाद्यान्न पुग्ने गरी लकडाउन अवधिभरका लागि राहात दिने निर्णय पनि सरकारले गरेको छ।

प्रत्येक स्थानीय तह र प्रदेशले आफ्ना कोष खडा गरी राहत दिन सक्ने अपर्याप्त भएमा नेपाल सरकारले राहत दिन सक्ने निर्णय पनि सरकारले गरेको छ। आइतबार साँझ बसेको मन्त्रपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।