समयसापेक्ष गजल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सन्जु निरौला

नेपाल भित्रियो कोरोना जनतालाई सरकार चाहिन्छ 

सङ्क्रमित छन जति सबै तिनलाई उपचार चाहिन्छ

बिश्वब्यापी माहोल हो यो,त्रसित छन् सबै जनता

अब बिश्वास पुर्ण जनतालाई प्रचार प्रसार चाहिन्छ 

लकडाउनले धेरैको घरमा चुलो जल्या छैन रे 

सरकार तिनलाइ पेट भर्नलाई कुनै आधार चाहिन्छ 

एक पटक सहयोग गरे भन्दै जिवनभर पुग्यो नसोच्नुस 

यस्ता सहयोग सुझाब जनतालाई बारम्बार चाहिन्छ

यो युद्ध हो नडराऔं तर सचेत पक्कै बन्नु पर्छ हामी 

घरै बसी युद्ध लडौं न सैनिक चाहिन्छ न हतियार चाहिन्छ

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।