धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना भाइरस परीक्षण शुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुनसरी । काठमाडौं बाहिर पहिलो पटक आइतबारदेखि कोरोना भाइरस भाइरस (कोभिड–१९) को परीक्षण शुरु भएको छ ।

सुनसरी स्थित धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइतबारदेखि कोभिड–१९ को परीक्षण शुरु भएको हो ।

परीक्षण प्रतिष्ठानको माइक्रोबायोलोजी विभागको ल्याबमा कोभिड–१९ को परीक्षण हुनेछ। १५ जना सक्रिय जनशक्ति भएको ल्याबले दैनिक २० जनाको परीक्षण गर्न सक्ने प्रतिष्ठानले जनाएको छ ।

अरु ल्याबमा प्रशोधन भएर आएको थ्रोट स्वाब भने दैनिक ८० वटासम्म परीक्षण गर्नसकिने प्रतिष्ठानले जानकारी दिएको छ । यसअगाडि प्रतिष्ठानले २५ वटा थ्रोट स्वाब परीक्षण गर्न टेकु अस्पतालमा पठाउँदै आएको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।