कोरोना रोकथामका लागी क्वारेन्टाइन बनाउन काँग्रेस नेता कर्णले दिए सात कोठे घर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।नेपाली कांग्रेसका युवा नेता एवं नेपाल विद्यार्थी संघका पुर्व अध्यक्ष रंजित कर्णले आफ्नो घर अस्थायी क्वारेन्टाइनका लागि दिने भएका छन् । 

बिश्वब्यापी संक्रमणको रुपमा फैलिएको कोरोना भाइरस अर्थात कोभिड १९ को शंकास्पद बिरामीहरूको निगरानी तथा उपचारको व्यवस्थापनका लागि संविधान सभा सदस्य एवं नेपाल विद्यार्थी संघका पुर्व अध्यक्ष रंजित कर्णले सप्तरी जिल्ला राजबिराज न.पा.वडा न.३ मा रहेको आफ्नो सात कोठाको आफ्नो घर अस्थायी क्वारेन्टाइनका लागि दिने भएका छन् । 

उनले आफ्नो घर महामारीको समय अबधिसम्म क्वारेन्टाइनका लागि उपलब्ध गराउने घोषणा गरेका छन ।  

सप्तरीमा क्वारेन्टाइन स्थापनाका लागि विभिन्न गाउँपालिका, जिल्ला प्रशासन कार्यालय, स्वास्थ्य कार्यालय, नेपाल प्रहरी र नेपाली सेनाले काम गरिरहेका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।