झापाको विएन्डसी अस्पताल कोरोना उपचारका लागि सरकारलाई दिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। मोरङको विराटनगरमा रहेको नोवेल अस्पताल कोरोना भाइरस संक्रमित विरामीका लागि उपचार गर्न सरकारलाई दिइने घोषणा भए लगत्तै झापाको विर्तामोडमा रहेको विएन्डसी अस्पताल पनि सरकारलाई दिइने उक्त अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले बताएका छन्।

सञ्चालक प्रसाईंले आज विज्ञप्ति जारी गरी अस्पतालसँग कोभिड–१९ जाँचका लागि स्वास्थ्यकर्मीलाई चाहिने आवश्यक पोशाक, पिपिई र किट्स नभएको बताउँदै सरकारीसरह राज्यले खर्च व्यहोरेर सञ्चालन गरे आफू अस्पताल दिन तयार रहेको बताएका हुन् ।

एक सयवटा आइसियु बेड, २५ वटा भेन्टिलेटर, ८ वटा सामान्य बेड रहेको उक्त अस्पताल कोरोना संक्रमित बिरामीका लागि उपचार गर्ने अस्पताल प्रयोग गर्न दिइने प्रसाईंले बताएका हुन्।

प्रसाईंले अस्पतालको मेचीनगर–१२ स्थित धाइजनमा बेसिक साइन्स पढाउनका लागि तयार गरिएको भवनमा समेत ५०० शय्याको क्वारेन्टाइन बनाउन सकिने बताएका छन् । झापा, इलाम, पाँचथर र ताप्लेजुङका २५ लाखभन्दा बढी मानिसले उपचार सेवा लिन सक्ने हस्पिटलमा कोराना भाइरसको उपचार गरिनुपर्ने स्थानीयवासीले सामाजिक सञ्जालमार्फत माग गर्दै आएका थिए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।