रसुवामा साँसद मोहन आचार्यको घरमा २१ शैयाको क्वारेन्टाइन स्थापना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रसुवा । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको शंकास्पद बिरामीहरूको निगरानी तथा उपचारको व्यवस्थापनका लागि नेपाली काँग्रेसको तर्फबाट रसुवाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित ईन्जिनियर मोहन आचार्यले आफ्नो उत्तरगया गाउँपालिका वडा नम्वर ५ लहरेपौवामा रहेको घर क्वारेन्टाईनका लागि उपलब्ध गराएका छन् । 

कोरोना भाईरसको संक्रमणबाट रसुवाबासी नागरिकलाई जोगाउन स्थानीय तहसंग मिलेर संयुक्त प्रयास गरिरहेका साँसद आचार्यको घरमा बिहिबारबाट २१ बेडको क्वारेन्टाईन तयार भएको उत्तरगया गाउँपालिका अध्यक्ष उपेन्द्रराज लम्सालले जानकारी दिएका छन् । 

लम्सालका अनुसार गाउँपालिकाले लहरेपौवाको अतिरिक्त वडा नम्वर २ को डाँडागाउँमा पनि १५ बेडको क्वारेन्टाईन तयार गरेको छ । 


रसुवागढी क्षेत्रमा ३०, धुन्चे बजारमा ५०, कालिकास्थानमा ५०, बेत्रावतीमा २०, स्याफ्रुमा १५, थाम्बुचेतमा १५, डाँडागाउँमा १५ र पारच्याङमा १५ शैयाको क्वारेन्टाइन स्थापना हुने रसुवागढी क्षेत्रमा ३०, धुन्चे बजारमा ५०, कालिकास्थानमा ५०, बेत्रावतीमा २०, स्याफ्रुमा १५, थाम्बुचेतमा १५, डाँडागाउँमा १५ र पारच्याङमा १५ शैयाको क्वारेन्टाइन स्थापना हुने जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ  ।

रसुवामा क्वारेन्टाइन स्थापनाका लागि विभिन्न गाउँपालिका, जिल्ला प्रशासन कार्यालय, स्वास्थ्य कार्यालय, नेपाल प्रहरी र नेपाली सेनाले काम गरिरहेका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।