भाटभटेनीले कल म्यासेज भाइबर र ह्वाट्एपबाट माग्यो अर्डर,दैनिक उपभोग्य वस्तु नागरिकका घरघरमा पुर्‍याउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं भाटभटेनी सुपरमार्केटले कल, भाइबर वा ह्वाट्सएपबाट कल र म्यासेजमार्फत् डेलिभरीको अर्डर शुरु गरेको छ ।

सरकारले उद्योगी/व्यवसायीलाई दैनिक उपभोग्य वस्तु नागरिकका घरघरमा पुर्‍याउन निर्देशन दिएसँगै भाटभटेनीले अर्डरको माग गरेको हो ।

अत्यावश्यक खाद्य वस्तुका आवश्यकता परेमा भाटभटेनीलाई ९८०१२४६८०६, ९८०१२४१४४९, ९८०१११८८३७ फोन मार्फत् अर्डर गर्न सकिने छ ।

आवश्यक पर्ने डेलिभरी भ्यान लाई सवारी पासको व्यवस्था सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुले मिलाउने व्यवस्था गरेपछि उपभोग्यवस्तु जनताका घरघरमै पुर्‍याउन सुरु गरेको जनाएको छ ।

काठमाडौं उपत्यकाभित्र रहेका अत्यावश्यक खाद्यवस्तुका सबै स्टोरी एवम् बिक्रेताहरुले आ९आफ्ना डेलिभरी भ्यान मार्फत् आवश्यक दैनिक उपभोग्य वस्तुहरुको सहज आपूर्तिको व्यवस्था मिलाउन गृह मन्त्रालयले६ बुँदे निर्देशन दिएको थियो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।