नेपालमा थप एकजनामा कोरोना भाइरसको संक्रमण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालमा थप एकजनामा कोरोना भाइरसको संक्रमण भेटिएको  छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा शंकास्पदको   स्वास्थ्य परीक्षणको क्रममा एक जनाको नतिजा ‘पोजेटिभ’ आएको हो।  

यो सँगै नेपालका कोरोना भाइरस संक्रमितको संख्या तीन पुगको छ। जसमध्ये एक जना निको भइसकेका छन् भने, २ जना उपचाररत छन्।

सोमबारसम्म ६ सय ८ जनाको स्वास्थ्य परीक्षण गरेको अस्पतालले मङ्गलबार थप ७९ जनाको स्वास्थ्य परीक्षण गरेको थियो। मङ्गलबार स्वास्थ्य परीक्षण गरिएकामध्ये एक जनामा कोरोना भाइरस देखिएको हो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।