सरकारको निर्णय अवज्ञा नगर्नुहोला, यस्तो कारबाहीमा पर्नुहोला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मानिसहरुको जमघट बन्द गराउने उद्देश्यसहितको लक डाउन सुरु भएको छ। लकडाउनलाई कडाइका साथ लागू गर्न सुरक्षाकर्मी परिचालन गरेको छ।

काठमाडौं उपत्यकाका सबैजसो चोकमा बिहानैदेखि प्रहरीको तैनाथी बाक्लो रुपमा रहेको छ ।

बिहान ६ बजे सुरु भएको लकडाउनका कारण सडक सुनसान देखिएको छ। सडकमा खटिएका सुरक्षाकर्मीले  सडकमा निस्किएका सर्वसाधरणलाई रोक्दै घर फर्काइरहेका छन्।

लकडाउन सुरु भएपछि काठमाडौंको सडक करिब सुनसान जस्तै छ। सुरक्षाकर्मीहरुले सडकमा निस्किएका मानिसहरुलाई कडाइका साथ सोधखोज र चेकजाँच गरिरहेकाले बाहिर निस्कँदा ख्याल गर्नुपर्ने भएको छ।

सजाय कस्तो

कोरोना रोकथाम, नियन्त्रण र उपचारसम्बन्धी उच्चस्तरीय समन्वय समितिले सरकारले तोकेको मापदण्ड उल्लंघन गरे कारबाही गर्ने अधिकार प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई दिएको छ। सीडीओले स्थानीय प्रशासन ऐन २०२८ को समेत प्रयोग गरी कारबाही गर्न सक्नेछन्।

त्यस्तै संक्रामक रोग ऐन, २०२० अन्तर्गत पनि कारबाही हुन सक्नेछ। ऐनकाे आदेश अटेर गर्नेलाई १ महिना कैद र १०० रुपैयाँ जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ।  संक्रामक रोग ऐन, २०२० अन्तर्गत जारी आदेशको अपहेलना गर्ने वा काममा बाधा पुन्याउने व्यक्तिलाई सोही ऐन बमोजिम सजाय हुने व्यवस्था गरिएको छ।

त्यस्तै सरकारी अधिकारीको काममा बाधा पुर्‍याउने व्यक्तिलाई हजार रुपैयाँ जरिवाना र ६ महिना कैद वा दुवै सजाय हुन सक्नेछ।

तर औषधिउपचार, खाद्यवस्तु खरिदजस्ता अत्यावश्यक कामका लागि घरबाट बाहिर निस्कन पाउनेछन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।