कोरोना त्रास– त्रिवि शिक्षण अस्पतालमा आकस्मिकबाहेक अन्य शल्यक्रिया नहुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राजधानीको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालले तत्कालका लागि आकस्मिकबाहेक अन्य शल्यक्रिया नगर्ने भएको छ।

अस्पताल प्रशासनले विज्ञप्ति जारी गर्दै साधारण स्वास्थ्य सेवा र शल्यक्रिया हालका लागि स्थगित गरेको जनाएको छ। सम्भावित कोरोना संक्रमणलाई मध्यनजर गरी आकस्मिक शल्यक्रिया र आकस्मिक स्वास्थ्य उपचार मात्र गर्ने जानकारी गराएको छ।

यसअघि नै नेपाल मेडिकल काउन्सिलले अत्यावश्यक बाहेकको सेवा लिनका लागि अस्पताल नजान आग्रह गरिसकेको छ।

त्रिविले ज्वरो, रुघाखोकी। स्वासप्रस्वासमा समस्या भएका बिरामीलाई छुट्टै फिवर क्लिनिक स्थापना गरी उपचार गराउने जनाएको छ भने अस्पतालमा भर्ना भएका बिरामीलाई एक जनाभन्दा बढी कुरुवा नराख्न आग्रह गरिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।