ब्रोकरमा पाँच जना भन्दा बढी जम्मा हुन नपाउने, मास्क अनिवार्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेयर कारोबार हुने ब्रोकरको कार्यालयमा पाँच जना भन्दा बढीको भीड नहुने ब्यवस्था मिलाउन निर्देशन दिएको छ ।

कोरोना भाईरस संक्रमण फैलिनबाट रोक्नको लागि ब्रोकर कार्यालयमा कारोबारका लागि लगानीकर्ताको भिडभाड हुने भएकोले यस्तो निर्देशन दिएको हो । 

बोर्डले आफ्नो अधिकार क्षेत्र भित्र रहेर ब्रोकर कार्यालयको डिस्प्ले बोर्ड बन्द गर्न, कार्यालय छिर्नेहरुलाई अनिबार्य रुपमा मास्क ब्यवस्था गर्न र सेनिटाईजर प्रयोगमा ल्याउन निर्देशन समेत दिएको छ । 

नेपाल धितोपत्र बोर्ड र सरोकारवाला निकायबीचको छलफलपछि न्यूनतम एक साताको लागि कारोबार रोक्ने तयारी समेत थालेको छ ।  

नेप्से र बोर्डले अधिकतम एक साताको लागि मात्रै कारोबार गर्न पाउँछ। एक साताभन्दा बढीको लागि कारोबार बन्द गर्नु परे सरकारको सहमति लिनुपर्ने व्यवस्था छ। बोर्डले एक साताको लागि कारोबार बन्द गर्न सहमति जनाए पनि आधिकारिक निर्णय भने आउन बाँकी छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।