ताेलामा ५ ०० रूपैयाँले बढ्याे सुन ,कतिमा हुँदैछ कारोबार ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  ।  सोमबार छापावाल सुनको मूल्य प्रतितोला  पाँच सय रुपैयाँले बढेको छ ।

आइतबार तोलामा १५ सय रुपैयाँ घटेको सुनको भाउ सोमबार भने बढेको हो । सोमबार छापावाल सुन प्रतितोला ७७ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजावी सुन प्रतितोला ७७ हजार २ सय रुपैयाँ पुगेको छ ।

आइतबार छापावाल सुन प्रतितोला ७७ हजार रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुन प्रतितोला ७६ हजार ७ सय रुपैयाँ पुगेको थियो ।

चाँदीको भाउ भने स्थिर छ । चाँदी सोमबार प्रतितोला ७ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।