रसुवाको बेत्रावति बजारमा हेल्प डेस्क स्थापना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रसुवा । विश्वव्यापी रूपमा फैलिरहेको कोरोना भाइरसबाट हुन सक्ने महामारीलाई मध्यनजर गर्दै रसुवामा हेल्प डेस्कस्थापना गरिएको छ ।

कोरोना सङ्क्रमण बिरामीको पहिचानका लागि उतरगया गाउपालिका स्वास्थ शाखाले रसुवाको बेत्रावति बजारमा ‘‘हेल्प डेस्क’ सञ्चालनमा ल्याएको छ ।

कोभिड–१९  भाइरस सङक्रमण हुन नदिन  जनचेतना मुलक सन्देश प्रवाह गर्न आईतबार सो डेस्क स्थापना गरिएको उतरगया गाउपालिका अध्यक्ष उपेन्द्र लम्सालले जानकारी दिएका छन  । 

कोरोना भाईरस(कोभिड–१९) का बारेमा जानकारी दिन र विरामीको पहिचान तथा चेकजाँच‚सवारीसाधनमार्फत रसुवाबाट बाहिरीने र भित्रिने यात्रुहरुलाई कोरोना भाईरसबाट बच्ने उपाय र रोगका लक्षणबारे जानकारी गराउने उद्देश्यले हेल्प डेस्क स्थापना गरिएको लम्सालले जानकारी दिएका छन   । 

उक्त,डेस्कले विशेष गरी ज्वारो तथा रुघाखोकी लागेर सेवा लिन आउने बिरामीलाई  समन्वय गरी सहयोग गर्नेछ  ।

के हो कोरोना ?

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।