सेयर किनबेचको समय बढ्यो, कारोबार तीन चरणमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सेयर कारोबारको समय बढेको छ ।  लगानीकर्ताले अब दैनिक ५ घण्टा बजेसम्म दोश्रो बजारमा सेयर किनबेच गर्न पाउने भएका छन् ।

अहिले ११ बजेदेखि ३ बजेसम्म कारोबार हुँदै आएको छ। नेप्सेले चैत २ गते (आइतबार) देखि परीक्षणका लागि दैनिक ५ घण्टा सेयर कारोबार गर्ने व्यवस्था मिलाएको हो ।

नेपाल धितोपत्र बोर्डले शुक्रबार नेप्सेलाई पत्र काट्दै सेयर कारोबारको समय ५ घण्टा बनाउन निर्देशन दिएको थियो । उक्त निर्णय फागुन ३० गते(शुक्रबार) बसेको नेप्से सञ्चालक समितिको बैठकले गरेको हो ।

नेप्सेद्वारा जारी सूचनाअनुसार आइतबारबाट प्रारम्भिक कारोबार समय बिहान १० बजेर ३० मिनेटदेखि ११ बजेसम्म हुनेछ । त्यस्तै बोलकबोल र निरन्तर कारोबार समय ११ बजेदेखि ४ बजेसम्म र अन्तिम कारोबार समय ४ बजेदेखि ४ बजेर ५ मिनेटसम्म कायम हुनेछ ।

कारोबार हप्तामा ५ दिन अर्थात आईतबारदेखि बिहीबारसम्म खुल्ने गरेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।