श्रम स्वीकृति अनिश्चितकालका लागि बन्द

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डौं । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुको श्रम स्वीकृती अनिश्चितकालका लागि बन्द गरेको छ ।

नेपालीहरु जाने मुख्य श्रम गन्तब्य रहेका मुलुकहरुमा कोरोना भाइरस (कोभिड–१९)को महामारी फैलिएपछि नेपालले तत्कालका लागि श्रम स्वीकृतिमा रोक लगाएको हो।

पछिल्लो समय पनि दैनिक करिव एक हजार श्रम स्वीकृति जारी भइरहेको थियो। 

यसका साथै अध्ययनका लागि विदेश जाने विद्यार्थीहरुलाई पनि ३० अप्रिल अर्थात वैशाख १२ गतेभन्दा अगाडि नो अब्जेक्सन सर्टिफिकेट नदिने निर्णय सरकारले गरेको छ ।

विश्व स्वास्थ्य स्वास्थ्य संगठनले बिहीबार कोरोना भाइरसलाई विश्वव्यापी महामारी घोषणा गरेसंगै बिहीबार नै बसेको कोभिड – १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

सरकारले यसअघि नै दक्षिण कोरियामा मार्च महिनाभर श्रमिक नपठाउने निर्णय गरिसकेको थियो । पछिल्लो समय नेपालको मुख्य श्रम गन्तव्य रहेका देशहरु कतार, साउदी, मलेसिया, यूएई मा पनि कोरोनाको संक्रमण बढ्दै गएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।