कोरोना भाइरसको संक्रमणसँगै फैलिदै नेपाली शैली, स्वागत गर्ने तरिका अब ‘नमस्ते’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  कोरोना भाइरसको संक्रमणको खतराका कारण विश्वभर मानिसहरुको अभिवादन गर्ने तरिका फेरिन थालेको छ ।

मानिसहरु अब आफ्नो पारम्पारिक स्वागतको तरिका छोडेर नमस्ते गरिरहेका छन् । यसको असर आम मानिसहरुमा मात्रै होइन, विभिन्न मुलुकका राष्ट्राध्यक्षहरुमा पनि देखिएको छ ।

बिहीबार अमेरकी राष्ट्रपति डोनान्ड ट्रम्प र आयरल्याण्डका प्रधानमन्त्री लियो वराडकरले नमस्ते गरेर अभिवादन गरे ।

ट्रम्प र आयरल्याण्डका प्रधानमन्त्री लियोका व्हाइट हाउसमा पत्रकार सम्मेलन भएको थियो । ज पत्रकारले हात मिलाउनेबारे प्रश्न गरे तब लियो र ट्रम्प दुवैले हात जोडेर नमस्ते गरे ।

उता प्रिन्स चार्ल्स पनि नमस्ते अभिवादन गरिरहेका देखिए ।  यसअघि इजराइलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले पनि अभिवादनका लागि ‘नमस्ते’ शैली अपनाउने बताएका थिए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।