अनेरास्ववियूका नेता राई जबर्जस्ती करणी मुद्दामा दोषी ठहर,साढे आठ वर्ष कैद

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । जिल्ला अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सम्बद्ध अनेरास्ववियूका निलम्बित केन्द्रीय सदस्य इन्द्रहाङ राईलाई जबर्जस्ती करणी मुद्दामा दोषी ठहर गर्दै साढे आठ वर्ष कैद सजाय सुनाएको छ।

जिल्ला अदालत काठमाडौँका न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले पीडितको अभियोग दाबी पुग्ने भन्दै राईलाई साढे आठ वर्ष कैद र पीडित युवतीका लागि एक लाख ५० हजार रुपैयाँ क्षतिपूर्तिसमेत तिर्नुपर्ने फैसला गरेको हो ।

जबर्जस्ती करणीे मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका उनलाई अदालतले उक्त सजाय तोकेको हो ।

राईले  युवतीलाई तिहारमा देउसी खेल्न भन्दै कोठामा बोलाएर बलात्कार गरेका थिए । गत कार्तिकमा राईले जबर्जस्तीकरणी गरेको भन्दै पीडित युवतीले बौद्ध प्रहरीमा जाहेरी दर्ता गरेकी थिइन्।

जाहेरी परेपछि प्रहरीले प्रमाण संकलन र पीडित महिलाको स्वास्थ्य परीक्षण गरेको थियो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।