काठमाण्डौं । केही दिनदेखि रेकर्ड कायम गर्दै बढेको सुनको मूल्य शुक्रबार पनि घटेको छ । आज सुनको मूल्यमा प्रतितोला ३००० कमि आएको छ ।
बिहीवार ८१ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ३ हजारले घटेर प्रतितोला ७८ हजार ५ सय रुपैयाँ कायमा भएको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।
त्यस्तै शुक्रबार तेजावी सुनको मूल्य ७८ हजार २ सय रहेको छ । चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले कमि आएको छ ।
बिहीवार प्रतितोला चाँदीको मूल्य ८ सय ६० रहेको थियो । भने आज मूल्यमा कमि आइ चाँदीको मूल्य ८ सय २० कायम भइ कारोवार भइरहेको पनि महासंघले जनाएको छ ।
Comment