अत्यधिक मदिरा सेवन गर्दा धनुषाको एकै गाउँमा पाँच जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनुषा । अत्यधिक मदिरा सेवनले धनुषाको एकै गाउँमा पाँच जनाको ज्यान गएको छ ।
होली पर्वको अवसरमा अत्यधिक घरेलु मदिरा  सेवन गर्दा पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मदिरा पिउँदा क्षिरेश्वरनाथ नगरपालिका २ रमदैयामा ५ जनाएको मृत्यु भएको हो।

मदिरा सेवन गरेका ३ जनाको बुधबार दिउँसो र २ जनाको बिहीबार मृत्यु भएको इलाका प्रहरी कार्यालय सखुवाले जनाएको छ ।  मृत्यु हुनेमा स्थानीय ४० वर्षीय ब्रमहेव यादव, ३५ वर्षीय विभाद मण्डल, ६० वर्षीय गुदरी महरा, रामनारायण महरा र राजु महरा रहेका छन्।

मदिरा पिउँदा सिकिस्त बिरामी परेको सोही ठाउँका इन्द्रजित महरासहित दुईको धरानमा उपचार भइरहेको छ।

दुवैको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ। मृतक पाँचै जनाको शव पोष्टमार्मका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ। स्थानीयका अनुसार गाउँकै तारापट्टीबाली भन्ने महिला र रामानन्द साहको मदिरा भट्टीमा उनीहरुले सँगै बसेर मदिरा सेवन गरेका थिए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।