कोरोनाबाट जोगिन सरकारको १९ निर्णय, सगरमाथा आरोहण रद्द

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले कोरोनाको संक्रमणबाट जोगिनका निम्ति विभिन्न १९ वटा निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीवार साँझ बसेको कोभिड–१९ सङ्क्रमण नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको बैठकले पर्यटन भिसा रोक्नेदेखि सगरमाथा आरोहण समेत रद्द गरेको छ । 

समितिले सबै विदेशी र गैरआवासीय नेपालीसमेतलाई प्रवेश विन्दुमा दिइने अनअराइभल भिसा आउँदो शनिबारराति १२ बजेदेखि अप्रिल ३० सम्मका लागि बन्द गर्ने निर्णय गरेको हो।

सरकारले भिसा रोके पनि अन्तर्राष्ट्रिय उडान रोक्ने निर्णय भने गरेको छैन।

अध्ययनका लागि विदेश जाने विद्यार्थीहरुलाई पनि ३० अप्रिल अगाडि नो अब्जेक्सन सर्टिफिकेट नदिने निर्णय गरेको छ । यस्तै बैठकले फिल्म हल, सभा सम्मलेन लगायतका नाममा धेरै मान्छे जम्मा हुने भिडभाडमा नजान निर्देशन समेत दिएको छ ।

यसैबीच, कोरोना भाइरसका कारण यस मौसममा सगरमाथा आरोहण गर्ने अभियान पनि रद्द भएकाे छ। समितिकाे बुँदा नम्बर १७ मा २०२० काे बसन्त ऋतुका लागि जारी गरिएकाे पर्वताराेहण हाललाई स्थगित गरिएकाे उल्लेख छ। 

विश्व स्वास्थ्य स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरसलाई महामारीको घोषणा गरेपछि बिहीबार बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले यस्तै प्रकारका १९ वटा निर्णय लिएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।