तोलामा ८ सय रुपैयाँले घट्यो सुनको मूल्य,कतिमा हुँदैछ कारोबार ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कारोबारको पाँचौ दिन   विहिबार सुनको मूल्य केही ओरालो लागेको छ ।

बिहीबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेको छ । बुधबार ८२ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य  विहिबार घट्दै  प्रतितोला ८१ हजार ५ सय  रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, तेजाबी सुन प्रतितोला ८१ हजार २ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

चाँदी भने बुधवारको तुलनामा २० रुपैयाँले घटेर प्रतितोला ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।