रसुवागढी एकीकृत भन्सार कार्यालय निर्माणले गति लिन सकेन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रसुवा  । रसुवागढी एकीकृत भन्सार कार्यालय भवनको काम सुरु भएको दुई बर्ष बितिसक्दा पनि निर्माणले अझै गति लिन सकेको छैन ।

तीन वर्ष भित्र सम्पन्न गर्ने गरी काम अघि बढाईएको भएता पनि दुई बर्ष बितीसक्दा समेत पहिलो तल्लाको काम समेत पुरा भएको   छैन्   ।

५४ करोड ६० लाख रुपैयाँ निर्माण लागत रहेको पाँच तले एकीकृत भवनको काम मात्र ३२ प्रतिशत पूरा भएको रविना कन्ट्रक्सनका इन्जिनियर योगेन्द्र सुब्बाले बताएका छन ।

एकीकृत भवनमा भन्सार, क्वारेन्टाइन, अध्यागमन, बैंक र सुरक्षा निकायसमेत रहने छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।