कोरोना भाइरस ‘विश्वव्यापी महामारी’ घोषित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  विश्व स्वास्थ्य संगठन  (डब्लुएचओ) ले  चीनको वुहान शहरबाट विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड १९ )लाई विश्वव्यापी महामारी घोषणा गरेको छ ।

डब्लुएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेब्रायसेजले पत्रकार सम्मेलन गर्दै कोभिड १९ लाई विश्वव्यापी महामारीको घोषणा गरेका हुन् । सम्मेलन मार्फत् यो भाइरसलाई हल्का र लापरबाही रुपमा नलिन आग्रह समेत गरेका छन् ।

उनले कोभिड १९ को महामारीलाई हलुका रुपमा नलिन विश्वका सबै मुलुकलाई आग्रह गरेका छन् ।
पछिल्लो २ हप्तामा चीन बाहिर १३ गुणाले बढेकोले विश्वव्यापी महामारी घोषणा गरिएको उनले बताएका छन् । अहिलेसम्म कोरोनाको संक्रमण विश्वभरका ११५ भन्दा धेरै देशहरुमा फैलिइसकेको छ । त्यस्तै, चार हजारभन्दा धेरै मानिसको यो भाइरसका कारण नै ज्यान गइसकेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।