नेपाली कांग्रेसमा थप विवाद उत्पन्न, पौडेल समूह बैठक बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका  सभापति शेरबहादुर देउवाले पार्टीका पश्चिम नवलपरासी सभापति अर्जुन पोखरेललाई हटाएपछि पार्टीमा थप विवाद उत्पन्न भएको छ। 

सभापति देउवाले एकलौटी ढंगले  एकपक्षीय निर्णय गरेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष रुष्ट बनेको हो । देउवाले  पश्चिम नवलपरासीमा पोखरेललाई हटाएर उनको ठाउँमा विष्णु पौडेललाई जिम्मेवारी तोकेका थिए।

पार्टीका विभिन्न विभाग, केन्द्रीय समिति र आमन्त्रित केन्द्रीय सदस्यमा देउवाले एकपक्षीय रुपमा मनोनीति गरेपछि पौडेल पक्ष  चिढिर्दै  आएको छ।

सभापति एकलौटी रूपमा अगाडि बढ्न खोजेको भन्दै बुधबार साढे १२ बजे पार्टी कार्यालय सानेपामा बस्न लागेको जानकारी केन्द्रीय सदस्य जीवन परियारले दिएका छन । 

देउवाकाे एकलाैटी निर्णय विरुद्ध ‘गोप्य भेला’ गर्दै पौडेल पक्ष

देउवाले पेलेरै जाने नीति लिएपछि,रामचन्द्र पौडेल पक्षका नेताहरुको भेला चाक्सिबारीमा

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।