कांग्रेस भ्रातृ संगठन नेपाल विद्यार्थी संघले देशैभर मास्क बाँड्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले काठमाडौंमा मास्क वितरण गरेको छ।

नेपाल विद्यार्थी संघले काठमाडौंको बानेश्वरमा आइतबार एक हजार थान मास्क वितरण गरेको हो । कोरोनाभाइरस संक्रमणको उच्च जोखिममा नेपाल पनि रहेकोले सतर्कता अपनाउनका लागि भन्दै नेविसंघले मास्क वितरण गरेको जनाएको छ।

मास्क वितरण कार्यक्रमको उद्घाटन संघकी महामन्त्री महेश्वरी कुँवरले गरेकी थिइन्।

भ्याली इन्जिनियरिङ क्याम्पसले सुरु गरेको निःशुल्क मास्क वितरण कार्यक्रमलाई नेपाल विद्यार्थी संघले देशभर संचालन गर्ने नेपाल विद्यार्थी संघका नेता अनुराग साहले जानकारी दिए।

कांग्रेसले कोरोनाभाइरस संक्रमण सचेतनाका लागि भातृ संस्थालाई परिचालन गर्ने निर्णय गरेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।