सर्लाहीमा सशस्त्र प्रहरी जवानले आफैंलाई हाने गोली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सर्लाही । सशस्त्र प्रहरी बल नं १० गण कविलासीमा कार्यरत  एक सशस्त्र प्रहरी जवानले आफैँलाई गोली हानेका छन् ।

ड्युटीमा खटेका करिब ३० वर्षीय आन्नद मिश्रा आफैंले बोकेको एसएलआरबाट घाँटीमा गोली हानी घाइते भएका सशस्त्र प्रहरी उपरीक्षक विनोदराज श्रेष्ठले जानकारी दिए।

सर्लाही बलरा नगरपालिका निवासी घाइते मिश्राको जिल्ला अस्पताल मलङ्गवामा समान्य उपचार गरी थप उपचारका लागि वीरगञ्जमा पठाइएको र घटनामा अनुसन्धान भइरहेको उनले बताए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।