मौसम पूर्वानुमान : चट्याङ र असिनाको सम्भावना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशमा पश्चिमी वायु एवं स्थानीय वायुको प्रभावका कारण मेघ गर्जन, चट्याङ, हावाहुरी र असिना सहित वर्षाको सम्भावना रहेको जनाएको हो ।

आगामी तीन दिनको मौसम पूर्वानुमान :-

फागुन २३ गते (शुक्रबार)

दिउँसोः देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। पश्चिमी भू-भागका केही स्थानहरुमा साथै मध्य तथा पूर्वी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन, चट्याङ, हावाहुरी र असिना सहित वर्षाको सम्भावना रहेको छ। साथै उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

रातिः देशको पश्चिमी भू-भागमा सामान्य देखि पूर्ण बदली रहने साथै मध्य तथा पूर्वी भू-भागमा आंशिक देखि सामान्य बदली रहि देशका केही स्थानहरुमा मेघ गर्जन, चट्याङ, हावाहुरी र असिना सहित वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

फागुन २४ गते (शनिबार)

दिउँसोः देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा मेघगर्जनर चट्याङ्र हावाहुरीर असिना सहित वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

रातिः देशको पश्चिमी भू-भाग लगायत मध्य तथा पूर्वी पहाडी भु-भागमा आंशिक देखि सामान्य बदली र बाँकि भू-भागमा आंशिक बदलि रहनेछ। देशको पश्चिमी भु-भागका थोरै स्थानहरुमा साथै मध्य तथा पूर्वी पहाडी भु-भागका एकरदुई स्थानमा मेघ गर्जनर चट्याङर सहित वर्षाको सम्भावना रहेको छ। पूर्वी तथा पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहन्छ।

फागुन २५ गते (आइतबार)

दिउँसोः देशको पूर्वी पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेनेछ। पूर्वी पहाडी भू-भागका एकरदुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको छ।

रातिः देशको पूर्वी पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।