दक्षिण कोरियाबाट फर्केका एकजना कोरोना ‘संक्रमित’ टेकु अस्पतालबाट फरार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । दक्षिण कोरियाबाट फर्किएका एक नेपाली टेकु अस्पतालबाट फरार भएका छन् ।

सुनसरी घर भएका दक्षिण कोरियामा कार्यरत नेपालीलाई विमास्थलमा चेकजाँचको क्रममा कोरोना संक्रमणको आशंकामा अस्पताल पुर्‍याइएका एक व्यक्ति टेकु अस्पतालबाट भागेका हुन् । 

दक्षिण कोरियामा कार्यरत ती व्यक्तिलाई त्यहाँ कोरोनाको संक्रमण देखिएको भन्दै नेपाल फकाइएको स्रोतको दावी छ ।

नेपाल आएसँगै उनलाई विमानस्थलबाट सिधै बुधबार राति टेकु अस्पताल पुर्याइएको थियो ।  अस्पतालमा उनको रगत परीक्षणका लागि तयारी हुँदैगर्दा उनी भागेका हुन् । अहिले प्रहरीले उनलाई खोजि गरिरहेको  स्रोतले जनाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।