जबरजस्ती बलात्कार गरेको आरोपमा दुई युवक पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कैलाली ।  जानकी गाउँपालिका ४ झबही मा २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा  एक  जना  युवक पक्राउ  परेका छन ।  

पक्राउ पर्नेमा बर्दगोरीया गाउँपालिका–२ सडकपुर बौनिया बस्ने २९ वर्षीय दिल बहादुर चौधरीलाई रहेका छन  ।  

चौधरीले ती महिलालाई जानकी गाउँपालिका-४ मनुवाबाट बा १० च १८३९ नम्बरको जिपमा राखी झबही भन्ने स्थानमा लगेर जिपभित्र जबरजस्ती करणी गरेको प्रहरीले  जानकारी दिएको छ  । 

त्यस्तै भक्तपुर, १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा धनकुटा महालक्षमी नगरपालिका–५ घर भएका शुक्रराज रम्तेललाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्तबाट खटिएको प्रहरीले रम्तेललाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।