प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण सफल, होस खुलेसँगै आईसीयूमा सारियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीको शरीरमा मिर्गौला प्रत्यारोपण भएको छ। प्रधानमन्त्री ओलीलाई उनकी भान्जी समीक्षा संग्रौला ज्ञवालीले मिर्गौला दिएकी हुन्।

ट्रान्सप्लान्ट सर्जन  प्रेम ज्ञवालीले मिर्गौला प्रत्यारोपण सकिएको जानकारी दिए। उनका अनुसार प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न सुरु गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफलसँगै आईसीयूमा राखिएको छ ।  त्रिवि शिक्षण अस्पताल, महारागजञ्जमा बुधबार करिव ४ घन्टा लगाएर मिर्गौला प्रत्यारोपण गरेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला दान गर्ने समीक्षा संग्रौला ज्ञवालीलाई शल्यकक्षबाट पोस्ट अपरेटिभ वार्ड ९शल्यक्रियापछि राखिने वार्ड० मा सारिएको छ।

समीक्षाको शरीरबाट निकालिएको मिर्गौला प्रधानमन्त्री ओलीको शरीरमा सफल रुपमा प्रत्यारोपण भइसकेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।