कोरोना रोक्न पशुपतिमा विशेष पूजादेखि गंगा आरतीसम्म

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । विश्वमा फैलिएको कोरोना भाइरस रोक्न तथा संस्कृतीको प्रवद्धन गर्न झापाको कनकाई नगरपालिकास्थित कनकाई माई किनारामा एक दिने कनकाई माई गंगा आरती हुने भएको छ ।

कनकाई नगरपालिका र कोटीहोम धार्मिक विकास संस्थाको सरक्षण र कनकाई उद्योग बाणिज्य संघको व्यावस्थापनमा आगामी फागुन २३ गते शुक्रवारका दिन कनकाई माइ किनारामा एकदिने गंगा आरती गरिन लागेको  पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराइएको हो ।

पत्रकार सम्मेलनमा आयोजक समितिका अध्यक्ष एलपी बुढाथोकीले ३ दिने धार्मिक महोत्सवको गरिएकोमा कोरोना भाइरसका कारण सबै कार्यक्रम स्थगित गरेर कोरोना भाइरसबाट मुक्तिका लागि गंगा आरतीमात्रै गरिन लागेको जानकारी दिए ।

आरतीका लागि बनारसबाट  पण्डितहरु बोलाइएको समेत जानकारी दिए । त्यस्तै चीनबाट सुरु भई विश्वका ७७ देशमा फैलिएको कोरोना भाइरसको संक्रमण नेपालमा नफैलियोस भनेर राष्ट्रदेव पशुपतिनाथमा विषेश पूजापाठ गराउन तयारी समेत थालिएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।