मौसम पूर्वानुमान : पहाडी भूभागमा मेघगर्जनसहित पानी पर्ने सम्भावना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा सामान्यतया सफा रहने र अपरान्ह पछि पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जनरचट्याङ सहित वर्षाको सम्भावना रहेको जनाएको छ ।

यस्तो छ महाशाखाले जारी गरेको ३ दिने मौसमको पूर्वानुमान

फागुन २१ गते (बुधबार)

दिउँसोः देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा सामान्यतया सफा रहने छ। अपरान्ह पछि पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जनरचट्याङ सहित वर्षाको सम्भावना रहेको छ।

राति: देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा सामान्यतया सफा रहने छ। पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जनरचट्याङ सहित वर्षाको सम्भावना रहेको छ।

फागुन २२ गते (बिहिबार)

दिउँसोः देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जनरचट्याङ सहित वर्षाको सम्भावना रहेको छ।

राति: देशको पश्चिमी भू-भागमा सामान्य बदली र बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। पश्चिमी र मध्यका थोरै स्थानहरुमा र पूर्वी पहाडका एकर दुई स्थानमा मेघ गर्जनरचट्याङ सहित वर्षाको सम्भावना रहेको छ।

फागुन २३ गते (शुक्रबार)

दिउँसोः देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। पहाडी भू-भागका केही स्थानमा मेघ गर्जनरचट्याङ सहित वर्षाको सम्भावना रहेको छ।

राति: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। पश्चिमी र मध्यका केही स्थानहरुमा र पूर्वी पहाडका थोरै स्थानमा मेघ गर्जनरचट्याङ सहित वर्षाको सम्भावना रहेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।