सुनचाँदीको भाउ स्थिर,कतिमा हुदैँछ कारोबार?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डौ । सोमबार सुनचाँदीको भाउ स्थिर रहेको छ ।

सोमबार सुन प्रति तोला ७८ हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार भने सुनको भाउ तोलामा १२ सय रुपैयाँले घटेर तोलाको ७८ हजार रुपैयाँमा कारोबार भएको  थियो।

त्यस्तै तेजाबी सुनको मूल्य भने ७७ हजार ७ सय कायम गरिएको छ।

यस्तै सोमबार चाँदीको पनि भाउ स्थिर रहेको छ । सोमबार चाँदी प्रति तोला ८ सय ६० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तर आइतबार भने चाँदी तोलामा २० रुपैयाँ घटेर तोलाको ८ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।