फागुन २४ देखि पर्यटकलाई अन–अराइभल भिसामा रोक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले कोरोना भाइरस प्रकोपलाई मध्येनजर गर्दै मार्च ७ देखि सम्पूर्ण मुलुकका लागि अन अराइभल भिसामा रोक लगाएको छ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा गठित कोरोना रोकथाम उच्चस्तरीय समन्वय समितिले कोरोना संक्रमणबाट अति प्रभावित मुलुकका नागरिकलाई मार्च अर्थात् आइतबारदेखि १ हप्तासम्मका लागि अन९अराइभल भिसा नदिने निर्णय गरिएको हो। 

चीन, दक्षिण कोरिया इटली, इरानलगायत कोरोना संक्रमणबाट अति प्रभावित मुलुकका नागरिकले उक्त भिसा पाउने छैनन् ।

यसअघि नाइजेरिया, घाना, जिम्बाबे, स्वाजिल्यान्ड, क्यामरुन, सोमालिया, लाइबेरिया, इथियोपिया, इराक, प्यालेस्टाइन, अफगानिस्तान, सिरिया र शरणार्थीले बाहेक अन्य सबै मुलुकका नागरिकले नेपालमा अन–अराइभल भिसा पाउँदै आएका थिए।

त्यस्तै, सरकारले यस वर्षदेखि गर्ने भनेको सगरमाथा संवाद पनि तत्कालका लागि स्थगित गर्ने निर्णय भएको छ।

सार्वजनिक भेला, समारोह नगर्न र भीडभाडमा नजान पनि समितिले आग्रह गरेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।