काठमाडौं । रेकर्ड कायम गर्दै बढेको सुनको मूल्य आइतबार घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायीका अनुसार आज आइतबार सुनको मूल्य १२ सयले घटेको हो ।
शुक्रबार छापावाला सुन ७९ हजार २ सय रुपैयाँमा कारोबार भएकोमा आज आइतबार १२ सयले घटेर तोलामा ७८ हजार रुपैँयामा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुनपनि घटेर तोलाको ७७ हजार ७ सय पुगेको छ।
आजको बजारमा सुनको मूल्य घटेसँगै चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार ८ सय ८० रुपैँयामा कारोबार भएको चाँदीको मूल्य आज २० रुपैँयाले घटेर तोलामा ८ सय ६० रुपैँयामा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
Comment