१५ लाखमा पाइने कार नेपाल ल्याउन व्यवसायीहरू आतुर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं- ग्रेट वाल मोटर्सले अटो एक्स्पो २०२० मा सार्वजनिक गरेको ‘आर(१’  मोडेलको कार  करिब १५ लाख नेपाली रुपैयाँ बराबरमा नेपालमा बिक्री  गर्न सकिने व्यवसायीहरूले बताएका छन ।

चिनिया बजारमा  करिब ९ लाख नेपाली रुपैयाँ बराबरमा किन्न सकिने उक्त कारमा ३३ किलोवाटको लिथियम आयोन ब्याट्री र ३३ किलोवाटकै इलेक्ट्रीक मोटर जडान गरिएको छ । प्रतिघण्टा १०० किलोमिटरको रफ्तारमा दौडने यो कार फुलचार्जमा ३५१ किलोमिटरको दुरी तय गर्ने क्षमता राख्छ ।

ओरा आर(१ मा ९।० इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम दिइएको छ भने कनेक्टेड कार टेक्नोलोजी, टायर प्रेशर मोनिटरिङ सिस्टम, रिभर्स पार्किङ सेन्सर जस्ता फिचरले यसलाई उत्कृष्ट बनाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।