जीवन बीमा कम्पनीः कुनले कति आर्जन गरे बीमा शुल्क,धेरै कमाउने को ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ फागुन । जीवन बीमा व्यवसाय गर्दै आएका बीमा कम्पनीहरुले विभिन्न शीर्षकमा बीमा गराउँदै आएका छन् ।

नेपालमा हाल सञ्चालनमा रहेका १९ वटा जीवन बीमा कम्पनीहरुले आ-आफ्ना भिन्नै खालका बीमा योजनाहरु बिक्री गर्दै आईरहेका छन् ।

कूल १९ वटा जीवन बीमा कम्पनीहरुले करिब १८८ वटा बीमा पोलिसी बिक्री गर्दै आएको पाइएको छ ।

त्यसको प्रतिस्पर्धाबाट बीमा शुल्क आर्जन गर्ने गरेका छन् । चालु
आर्थिक वर्षको ७ महिना सम्ममा जीवन बीमा कम्पनीले ५४ अर्ब ३ करोड रुपैयाँ
बीमाशुल्क आर्जन गरेका छन् ।

समितिका अनुसार १९ वटा जीवन बीमा कम्पनीले माघ महिनासम्ममा १७ अर्ब ९०
करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेका छन् भने नविकरण बीमा
शुल्कमार्फत् ३५ अर्ब १६ करोड रुपैयाँ र वैदेशिक रोजगार बीमा शुल्कमार्फत् १
अर्ब ४४ करोड रुपैयाँ आर्जन गरेका छन् ।

सातमहिनाको अवधिमा सबैभन्दा धेरै बीमा शुल्क आर्जन गर्नेमा नेपाल लाइफ
इन्स्योरेन्स रहेको छ । नेपाल लाइफले १६ अर्ब ११ करोड रुपैयाँ बीमाशुल्क
आर्जन गरेको छ ।

त्यस्तै राष्ट्रिय बीमा संस्थानले ६ अर्ब १८ करोड रुपैयाँ बीमाशुल्क
आर्जन गरेको छ । नेशनल लाइफले ४ अर्ब ६० करोड, एशियन लाइफले २ अर्ब ६५
करोड, यूनियन लाइफले २ अर्ब ८८ करोड, सूर्या लाइफले १ अर्ब ९१ करोड, मेट
लाइफले १ अर्ब ७२ करोड, प्राइम लाइफले १ अर्ब ६९ करोड, गुराँस लाइफले १
अर्ब ११ करोड, रिलायबल लाइफले १ अर्ब २६ करोड बीमा शुल्क आर्जन गरेका छन् ।

यस्तै सिटिजनले ९६ करोड, ज्योतिले ८९ करोड, रिलायन्सले ७१ करोड, आइएमईले
६९ करोड, सन नेपालले ६७ करोड, सानिमाले ४८ करोड, प्रभुले ३८ करोड र
महालक्ष्मीले लाइफ इन्स्योरेन्सले ३० करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको
बीमा समितिले जनाएको छ ।

नेपाल लाइफ इन्स्योरेन्स र सिटिजन लाइफको १२ प्रकारका बीमा योजना रहेका
छन् । त्यस्तै ज्योति लाइफ इन्स्योरेन्सले १० बीमा योजनाहरु बजारमा ल्याएको
छ ।

ज्योति लाइफ इन्स्योरेन्स कम्पननीले सुनौलो भविष्य बाल जीवन बीमा योजना ,
म्यादि जीवन बीमा, ज्योति धनलाभ जीवन बीमा योजना, ज्योति सुरक्षित भविष्य
जीवन बीमा योजना, सुरक्षित बचत जीवन बीमा योजना, ज्योति एकल भुक्तानी
सावधिक जीवन बीमालेख,

ज्योति सिमित अवधि भुक्तानी सावधिक जीवन बीमालेख, ज्योति सामुहिक म्यादि
जीवन बीमा, ज्योति थ्री ट्वान्टी धन बहार जीवन बीमा र पुरक करार ( घातक
रोग) बीमा योजना बिक्रि गर्दै आएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।