सुशासनका लागि ‘हामी नेपाली’ नामक अभियान – नेतृत्वमा पूर्व डिआइजी रमेश खरेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रहरीका पूर्व डिआइजी रमेश खरेलको  नेतृत्वमा  भ्रष्टाचारविरुद्ध   ‘हामी नेपाली’ नामक अभियान सञ्चालन हुने भएको छ ।

उनले  देशमा सुशासनका लागि अभियान चलाउन लागेको बताएका छन् । भोलि एक कार्यक्रमबाबीच उक्त अभियानको औपचारिक घोषणा गरिने भएको छ ।

अभियानमा खरेलका साथसाथै सामाजिक अभियान्ता, नागरिकसमाजका अगुवा र केही पूर्वप्रशासक समेत रहनेछन् ।

सरकारले सर्वेन्द्र खनाललाई २०७४ माघ २८ मा प्रहरी महानिरीक्षकमा बढुवागरेपछि खरेलले  प्रहरीमा विभेद भएको भन्दै केही वर्षअघि डीआईजीबाट राजीनामा दिएका थिए। । खरेलले प्रहरी संगठनका साथसाथै सर्वसाधारणमा लोकप्रियता कमाएका थिए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।