आईतबार सुन तोलाको ७८ हजार ८ सय कायम भएको छ ।
आईतबार छापावाल सुनको मूल्य प्रतितोला ७०० रुपैयाँ बढ्दा सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको हो ।
नेपाली सुन चाँदी व्यवसायी संघका अनुसार सुनको मूल्य इतिहासमै सर्वाधिक भएको हो ।
आईतबार छापावाल सुन प्रतितोला ७८ हजार ८ सय तथा तेजावी सुन प्रतितोला ७८ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आईतबार चाँदी पनि आज ५ रुपैयाँले बढेर प्रतितोला ९ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
चीनको वुहान प्रान्तबाट फैलिएको कोरोना भाइरसको प्रभाव सुन बजारमा पनि परेको महासंघले जनाएको छ ।
Comment