हिरो एक्सपल्स २००सार्वजनिक गर्ने तयारीमा हिरो मोटोकर्प

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।हिरो मोटोकर्पले एड्भेन्चर मोटरसाइकल एक्सपल्स २०० एयर कुल्ड इन्जिनमा सार्वजनिक गर्ने भएको छ ।

कम्पनीले एक्सपल्स २०० अफ रोड बाइक मन पराउने ग्राहकहरुलाई लक्ष्यित गरी सार्वजनिक गर्ने  लागेको हो ।

एक्सपल्स २०० मा १९९.६ सीसी, एयर कुल्ड, सिंगल सिलिन्डर इन्जिन जडान गरिएको छ । सो इन्जिनले १८.४ पीएसको पावर र १७.१ एनएमको पिक टर्क जेनेरेट गर्छ । सो बाइक काब्र्युरेटर र फ्युल इन्जेक्सन अप्सनमा उपलब्ध रहेको छ ।

 एयर कुल्ड इन्जिनमा आउने एक्स्पल्स २०० पर्फमेन्समा अझै सुधार हुने अनुमान गरिएको छ । यसका अलावा हिरो एक्सपल्स २०० मा ठूलो इन्जिन गार्ड समेत दिइने छ । जसले अफरोडमा इन्जिनलाई सुरक्षीत बनाउने छ ।

हिरो एक्सपल्स २०० को माइलेज ३६ देखि ४० किलोमिटर प्रति लिटर  रहेको कम्पनीहरुको भनाइ छ । एक्सपल्स २०० मा १३   लिटरको फ्युल ट्यांकी क्षमता रहेको छ । एक्सपल्स २०० को तौल १५४ किलोग्राम  रहेको छ ।

हिरो एक्सपल्समा १९९.६ सीसी एयर कुल्ड, २ भल्भ, सिंगल सिलिण्डर, ओएचसी इन्जिन दिइएको छ जसले ८००० आरपीएममा १८.४ पीएस पावर र ६५०० आरपीएममा १७.१ एनएम टर्क प्रदान गर्छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।