प्रिमियर लिग फुटबल : चेल्सीसँग टोटनहम २-१ अन्तरले पराजित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं- प्रिमियर लिग फुटबल अन्तर्गत  चेल्सीले टोटनहमलाई २-१ गोल अन्तरले पराजित गरेको छ । 

ओलिभर जेरुड र मार्कोस अलन्सोले एक एक गोल गरेपछि चेल्सी विजयी बन्यो ।

टोटनहमका लागि पनि चेल्सीका खेलाडी एन्टोनियो रुडीगरले आत्मघाती गोल उपहार दिए । खेलको १५ औं मिनेटमै जेरुडले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए ।

४८ औं मिनेटमा अलन्सोले गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारे । खेलको अन्त्यतिर रुडीगरले आत्मघाती गोल गरेका थिए ।

टोटनहमको खातामा एक गोल चेल्सीका एन्टोनियो रुडीगरले आत्मघाती गोलको कारण बन्यो ।

२७ खेल खेलेको चेल्सीको ४४ अंक हुँदा चौथो स्थानमा रहेको छ । पराजित टिम टोटनहमको  ४० अंक हुँदा  पाँचौं  स्थानमा रहेको  छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।