पशुपति जाँदै हुनुहुन्छ ? यी रुटमा चल्दैनन् गाडी,यस्तो छ वैकल्पिक रुट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले  शुक्रबार शिवरात्रीको दिन पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनको सजिलोका लागि त्यस क्षेत्रमा सवारी प्रवेशमा रोक लगाएको छ।

पशुपति क्षेत्रमा पूजाआज गर्ने आवत जावत गर्नेको भीडलाई मध्यनजर गर्दै प्रहरीले सवारी आवागमनको रुट समेत निर्धारण गरेको हो ।

प्रहरी तय गरेको रुट अनुसार चावहिलबाट गौशाला, पूरानो बानेश्वरबाट गौशाला, रातोपुल हुँदै गौशाला, तिलगंगा हुँदै गौशालातर्फ जाने सवारीलाई प्रवेश निधेष गरेको छ।

महाशाखाका अनुसार  चाबहिलबाट गौशालातर्फ, पुरानो बानेश्वरबाट गौशालातर्फ, ज्ञानेश्वर मैतिदेवीको मोडबाट रातोपुल हुँदै गौशालातर्फ, द्धारिका होटलको उत्तरतर्फको शाखा मार्ग, सिफल चौरबाट जय बागेश्वरी तर्फको रुटमा गाडी चल्ने छैन।

यस्तै,  लामापोखरी कुटुवहालबाट मित्रपार्कतर्फ, गौरीघाटबाट उमाकुण्ड तथा मित्रपार्कतर्फ, तिलगंगाबाट गौशालातर्फ, तीनकुनेबाट सिनामंगल तिलगंगातर्फ र जोरपाटी नारायणटारबाट कोरिडोरको बाटो हुँदै आउने मालवाहक गाडी गौरीघाटतर्फ निषेध गरिने महाशाखाले बताएको छ।

मित्रपार्क तथा गौरीघाट भएर उमाकुण्ड– दक्षिणामूर्ति हुँदै रुद्रगाडेश्वर उत्तरढोकाबाट १ लाइन, जयवागेश्वरी– इँटापाखा भएर भुवनेश्वरीस्थित फलामको सानो ढोका हुँदै पश्चिम ढोकाबाट एक लाइन व्यवस्था गरिएको छ ।

दर्शन गर्न यी चार बाटो हुँदै लाईन

त्यस्तै बत्तीसपुतली–गौशाला तथा एअरपोर्ट तीलगंगा भएर पिंगलास्थान–सुमार्गी भवन अगाडि भएर चार शिवालय पञ्चदेवल हुँदै दक्षिण ढोकाबाट दुईवटा लाइन रहने कोषले जनाएको छ । दर्शनार्थीहरुले जुन मार्गबाट प्रवेश गर्छन् त्यही बाटो हुँदै बाहिरिनुपर्ने छ।   ।

नित्य दर्शनार्थीहरुका लागि बिहान ७ बजेभित्र भुवनेश्वरीस्थित फलामको सानो ढोकाबाट प्रवेश गर्ने व्यवस्था समेत मिलाइएको छ ।

शिवरात्रीका दिन एयरपोर्ट, गौशाला, चाबहिलको रिङरोडमा भीड हुने भएकोले सवारीसाधनमा आवश्यकता अनुसार यातायात एकतर्फीको व्यवस्था गरिएको छ ।

त्यसको लागि तिलगंगा क्षेत्र, पशुपति क्षेत्र विकास कोषको कार्यालय, महानगरीय प्रहरी वृत तथा ट्राफिक प्रहरी प्रधान गौशाला, सिफल चौर, गुहेश्वरी पारी गरी पाँच स्थानमा पार्किङको व्यवस्था मिलाइएको समितीले जनाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।