भ्रष्टाचार प्रकरणमा मुछिएका सञ्चारमन्त्री बाँस्कोटाले दिए राजीनामा !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भ्रष्टाचार प्रकरणमा मुछिएका सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुलप्रसाद  बास्कोटाले राजीनामा दिएका छन् ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा सञ्चारमन्त्री गोकुल बास्कोटाले ७० करोड कमिसन मागेको अडिओ बिहीबार सार्वजनिक भएको थियो ।

सेक्युरिटी प्रिन्टिङ प्रेस कमिसनको विषयमा सञ्‍चार तथा सूचना प्रविधिमन्‍त्री गोकुल बाँस्कोटाको अडियो टेप सार्वजनिक भए पश्चात  उनले राजीनामा दिएका हुन् । 

कांग्रेसले बिहीबार प्रतिनिधिसभा बैठक अवरुद्ध गरेपछि सभामुख अग्नि सापकोटाले मन्त्री बाँस्कोटाले पदबाट राजीनामा दिएको जानकारी दिएका हुन्।

सभामुख सपाकोटाले ‘अब विषयमा प्रवेश गरौं, मन्त्री बाँस्कोटाले राजीनामा दिनुभएको जानकारी पाएको छु’ भनेर सांसदहरुलाई बैठक अवरुद्ध नगर्न आग्रह गरे पनि कांग्रेसले अवरोध जारी राखेपछि १३ गते १ बजे बस्ने गरी बैठक स्थगित भएको छ।

सामाजिक सञ्जालमा मन्त्री बाँस्कोटाको अडियोका विषयलाई लिएर तीव्र आलोचना पनि भएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।