सत्य के हो म सार्वजनिक गर्छु : मन्त्री बाँस्कोटा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– सञ्चारमन्त्री बाँस्कोटाले बिहीबार दिउँसो चार बजे पत्रकार सम्मेलन गर्दै छन्।

सेक्युरिटी प्रेस खरिदमा स्वीस कम्पनीका एजेन्टसँग घूस मागेको अडियो सार्वजनिक भएपछि सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटा विवादित बनेका छन्।

सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आफूमाथि लगाइएको अभियोग निराधार र झुट रहेको बताएका छन्।

यसै बीच प्राप्त जानकारी अनुसार सञ्चार मन्त्री बाँस्कोटाले कमिसन दलालहरुले गरेको हर्कतको कडा जवाफ दिने बताएका छन् । 

मन्त्री बाँस्कोटाले भनेका छन् खास के हो आजै सर्वाजनिक गर्छु। मलाई विश्वास गरे हुन्छ।’

संसदमा बिहीबार बाँस्कोटाले सम्हालेका दुई मन्त्रालयका कामकारवाही र उपलब्धीबारे उठेका प्रश्नको जवाफ दिने कार्यक्रम थियो।

तर कमिसन बार्गेनिङको अडियो क्लिप बाहिरिएपछि उनी संसदमा जाने नजाने निश्चित छैन। सांसदहरुले प्रश्नको घेरामा पार्ने त्रासका कारण उनी नजान सक्ने सम्भावना धेरै छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।