प्रजातन्त्र दिवस भव्यरुपमा मनाइँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं–१०४ वर्ष लामो जहाँनिया राणा शासनको अन्त्य भई प्रजातन्त्र स्थापना भएको दिनको स्मरण गर्दै आज ७० औँ प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदैछ ।

२००७ साल फागुन ७ गते निरंकुश राणा शासनको अन्त्य भइ देशमा प्रजातन्त्र आएको थियो।

सरकारले प्रजातन्त्र दिवसको अवसरमा विशेष कार्यक्रमको आयोजना गरेको छ । सैनिक मञ्च टुँडिखेलमा बुधवार विहान आयोजना गरिएको  समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्नि सापकोटा लगायतको सहभागीका थियो ।

समारोहमा ७० औँ प्रजातन्त्र दिवसको व्यानरसहित नेपाली सेनाको हेलिकोप्टरबाट पुष्प वर्षा गर्नुका साथै विभिन्न सांस्कृतिक प्रस्तुति प्रस्तुत गरिएको थियो। साथै सेनाले मार्च पास गर्नुका साथै हर्ष बढाँइ समेत गरेको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।